कांग्रेसले फिर्ता लियाे प्रचण्ड नेतृत्व सरकारलाई दिएको समर्थन

कांग्रेसले फिर्ता लियाे प्रचण्ड नेतृत्व सरकारलाई दिएको समर्थन

केन्द्रबिन्दु
24
Shares

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा बसेकाे कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। साथै संसद्मा पनि प्रतिपक्षमा बस्ने निर्णय गरेको छ ।

सत्ता गठबन्धन परिवर्तन भएसँगै कांग्रेस सरकारबाट बाहिरिएको छ । कांग्रेसले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले अबको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ।

Skip This
Skip This
Logo