प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने नेमकिपाको निर्णय

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने नेमकिपाको निर्णय

केन्द्रबिन्दु
24
Shares

काठमाडौं। नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ । पार्टी अध्यक्ष नारायणमान बिजुक्छेको अध्यक्षतामा बुधबार बसेको सचिवालय बैठकले विश्वासको मत नदिने निर्णय गरेको हो ।

नेमकिपाका सचिव प्रेम सुवालले विज्ञप्ति जारी गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेका एमाले, माओवादी, रास्वपा, जसपा, नेकपा एकीकृत समाजवादी लगायतको नीति एवम् दृष्टिकोणमा तात्विक भिन्नता नभएकाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको उल्लेख छ । प्रतिनिधिसभामा नेमकिपाको एक सिट छ ।

Skip This
Skip This
Logo