इलाम र बझाङ उपनिर्वाचनका लागि २० दलले दिए निवेदन

इलाम र बझाङ उपनिर्वाचनका लागि २० दलले दिए निवेदन

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ। आगामी बैशाख १५ गते इलाम बझाङमा हुने उपनिर्वाचनका लागि २० दलले निवेदन दिएका छन्। निवेदन दिनेहरुमा प्रतिनिधिसभातर्फ २० र प्रदेश सभातर्फ १९ वटा राजनीतिक दल रहेका छन्।

एमाले नेता सुवास नेम्वाङकाे निधन भएपछि इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (क)मा कांग्रेसका पृथ्वीबहादुर सिंहको सवारी दुर्घटानमा मृत्यु भएपछि रिक्त हुन गएकाले उपनिर्वाचन हुन लागेको हो ।

निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिने समय फागुन ३० गतेसम्म तोकेको थियो। उपनिर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) लगायत छन्।

रास्वपाले प्रतिनिधिसभामा मात्रै सहभागी हुने निर्णय गरेकाले उसले प्रदेश सभाका लागि निवेदन दिएको छैन।

Skip This
Skip This
Logo