काठमाडौं,
आपराधिक पृष्ठभूमिका राजीव गुरूङ अर्थात् दीपक मनाङे नेकपा प्रवेश गरेको विषयमा पार्टीका स्थायी कमिटी सदस्य एवं युवा नेता योगेश भट्टराईले आपत्ति जनाएका छन् ।
गण्डकी प्रदेशसभाका सदस्य रहेका मनाङेले केही समय अघि अदालतबाट सफाइ पाएका थिए । ‘राजनीतिक पार्टीलाई मान्छे त चाहिन्छ नै तर कस्ता मान्छे ल्यायौँ ? कस्ता कस्ता ल्याउँदै छौँ ? परिणाम के भैरहेको छ ? राम्ररी विचार गरौं है ।’ भट्टराईले ट्विटरमा लेखेका छन् ।
गुरुङलाई बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा नेता पृथ्वीसुब्बा गुरुङले पार्टी प्रवेश गराएका हुन् । मुख्यमन्त्री गुरूङले मनाङ्गेलाई नेकपाको विधान पनि हस्तान्तरण गरेका थिए । मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका उनी नेकपाकै सहयोगमा विजयी भएका थिए । उनलाई पार्टी प्रवेश गराएसँगै नेकपामा असन्तुष्टि बढेको छ ।





























प्रतिक्रिया