पोखरा । मनाङ ‘ख’ बाट निर्वाचित स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे नेकपा प्रवेश गर्ने भएका छन् । गण्डकी प्रदेशका एकमात्र स्वतन्त्र सांसद राजीव बिहीबार नेकपा प्रवेश गर्न लागेका हुन् ।
उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपाका प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको केन्द्रीय सदस्य भीम कार्कीले जानकारी दिए । सांसद गुरुङले पनि आफू नेकपा प्रवेश गर्न लागेको स्वीकार गरेका छन् ।
उनले निर्वाचित भएको १६ महिनापछि २०७५ माघ १४ गते सांसदको सपथ ग्रहण गरेका थिए । हाल उनी प्रदेशको अर्थ तथा विकास समितिको सदस्य समेत रहेका छन् ।
मनाङको प्रदेश ख बाट स्वतन्त्र उम्मेदवारी दिएका मनाङे प्रदेशसभामा एक हजार ४१० मत ल्याएर विजयी भएका थिए । तर विभिन्न विवादित विषयहरूमा मुछिएका उनलाई अदालतले दिएको सजाय आदेशले सांसद बन्न रोकेको थियो। पुनरावेदन अदालत पाटनले २०६९ मा उनलाई ५ वर्ष जेल सजाय तोकेको थियो। त्यतिबेला फरार उनले मुद्दा ब्यूँतिदा सपथ खान पाएका थिएनन्।
पुनरावेदनको सजाय सच्याउन उनले सर्वोच्चमा पुनरावेदन निवेदन दिएका थिए। तर पुनरावेदनकै सजायलाई सर्वोच्च अदालतले गएको माघमा सदर गरेपछि उनी भूमिगत भएका थिए। तर वैशाख ७ गते उनलाई प्रहरीले पक्राउ गर्यो। नयाँ फौजदारी संहिता अनुसार १० वर्षभन्दा भन्दा कम सजाय हुने मुद्दामा थुनाबाहिर रहेर मुद्दा लड्न पाउने हुँदा मनाङे गत पुस ६ गते छुटेका थिए।































प्रतिक्रिया