ठाकुरमोहन श्रेष्ठमाथि कुटपिट गर्ने सहायक महामन्त्रीसहित ३ जना निलम्बनमा

ठाकुरमोहन श्रेष्ठमाथि कुटपिट गर्ने सहायक महामन्त्रीसहित ३ जना निलम्बनमा

केन्द्रबिन्दु
238
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य ठाकुरमोहन श्रेष्ठमाथि कुटपिटमा संलग्नलाई निलम्बन गरेका छन् ।

अध्यक्ष लिङ्देनले पार्टीका सहायकमहामन्त्री प्रेम बलायर, काठमाडौं -४ का क्षेत्रीय अध्यक्ष रिद्धिप्रताप राणा र राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव निराजन बमलाई ४ वर्षका लागि निलम्बन गरेका हुन् ।

गत २७ फागुनमा पार्टी कार्यालय धुम्बाराहीमा श्रेष्ठमाथि कुटपिट भएको थियो । महामन्त्री विक्रम पाण्डेका समर्थकहरूले पूर्वएआईजीसमेत रहेका श्रेष्ठमाथि हातपात गरेका हुन् । पार्टीको कार्यसम्पादन समितिको बैठकमा पार्टी अनुशासनका विषयमा छलफल चलिरहँदा श्रेष्ठले आफ्नो भनाइ राखेका थिए । उनले बोल्ने क्रममा भ्रष्टाचारको प्रसंग उठाए र महामन्त्री पाण्डेलाई सिधै ‘भ्रष्टाचारी’ भनिदिए । त्यसपछि बैठक तनावपूर्ण बनेको थियो ।

Logo