दीपक मनाङे चौथो पटक मन्त्री बन्दै

दीपक मनाङे चौथो पटक मन्त्री बन्दै

केन्द्रबिन्दु
66
Shares

काठमाडौं। नेकपा एकीकृत समाजवादी परित्याग गरेका गण्डकी प्रदेशका सांसद दीपक मनाङे आज मन्त्री बन्दैछन्। उनी मूख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा आज मन्त्री नियुक्त हुन लागेको उच्च स्रोतले जनाएको छ। उनले आजै मन्त्रीको शपथ लिने तयारी छ।

मनाङेले आइतबार गण्डकी प्रदेशमा समाजवादी त्यागेको घोषणा गरेका थिए। प्रदेशसभा चुनावमा मनाङबाट स्वतन्त्र जितेका मनाङे त्यसपछि एकीकृत समाजवादी प्रवेश गरेका थिए।

नयाँ गठबन्धनले सरकार गठनको तयारी गरिरहँदा उनले एकीकृत समाजवादी त्यागेको घोषणा गरेका थिए। मनाङेले एकीकृत समाजवादी पार्टी परित्याग गरेको भन्दै गण्डकी प्रदेश सभा सचिवालयमा पत्र दिएका थिए।

गण्डकीमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे विश्वासको मत लिनुपर्ने अवस्थामा छन्। कांग्रेसबाट निर्वाचित पाण्डेले माओवादी केन्द्रका मन्त्री बर्खास्त गरेपछि माओवादीले समर्थन फिर्ता लिएको छ।

Skip This
Skip This
Logo