राष्ट्रिय सरोकार समितिको सभापतिमा सोनाम ग्याल्जेङ शेर्पा निर्वाचित

राष्ट्रिय सरोकार समितिको सभापतिमा सोनाम ग्याल्जेङ शेर्पा निर्वाचित

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ। राष्ट्रिय सभा अन्तर्गत सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सोनाम ग्याल्जेङ शेर्पा सर्वसम्मत निर्वाचत भएका छन्।

शेर्पालाई राष्ट्रिय सभामा अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ गराएका हुन्। सपथ लगत्तै सभापति शेर्पाले पद बहाली गरे।

पद बहाली गर्दै उनले नेपालको संविधानको परिधिमा रहेर आफूले गर्नुपर्ने काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले ‘मिनी सदन’का रुपमा रहेको समितिमा रहेर आवश्यक कानून निर्माण र सहजीकरणका लागि काम गर्ने बताए। उक्त समितिको सभापतिको कार्यकाल दुई वर्षको हुनेछ।

Skip This
Skip This
Logo