उजुरीकै भरमा मन्त्री हुन नपाउने भए सबै पद खाली हुन्छन्ः अध्यक्ष ओली

उजुरीकै भरमा मन्त्री हुन नपाउने भए सबै पद खाली हुन्छन्ः अध्यक्ष ओली

केन्द्रबिन्दु
45
Shares

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उजुरी दर्ता भएकै आधारमा मन्त्री नहुने हो भने सबै पद खाली हुने बताएका छन् ।

मङ्गलबार धनगढीमा सञ्चारकर्मीले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा उजुरी परेको र कांग्रेसले त्यही विषय संसदमा उठाएकोबारे सोधेको प्रश्नमा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले यस्तो बताएका हुन् ।

‘उजुरी हालेकै विषयमा मन्त्री नहुने हो भने त नेपालमा मन्त्री, सांसद सबै खाली हुन्छ। उजुरी त एउटा लगेर हाल्दिए भैगो नि !’, ओलीको भनाइ छ। उनले गम्भीर नै मुद्दा हुँदा, अपचलन देखिँदा, हिनामिना भएको ठहर भएमा त्यसलाई फरक ढङ्गबाट हेरिनुपर्ने बताए ।

Skip This
Skip This
Logo