गृहमन्त्री लामिछानेविरुद्ध सिंहदरबार अगाडि प्रदर्शन

गृहमन्त्री लामिछानेविरुद्ध सिंहदरबार अगाडि प्रदर्शन

केन्द्रबिन्दु
84
Shares

काठमाडौं। नेपाल विद्यार्थी संघ (नेविसंघ) ले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध सिंहदरबार अगाडि प्रदर्शन गरेका छन्।

सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछानेमाथि नैतिक प्रश्न हुँदाहुँदै उपप्रधान तथा गृहमन्त्री नियुक्त गरेकाे भन्दै नेविसंघले प्रदर्शन गरेका हुन्।

पशुपति क्याम्पसका नेविसंघ विद्यार्थीहरुले मंगलबार बिहान सिंहदरबारको दक्षिण गेट अगाडि प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका हुन्। उनीहरुले अर्थमन्त्री वर्षमान पुनविरुद्ध पनि प्रदर्शन गरेका थिए। प्रदर्शनमा सहभागीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Logo