पार्टीमा बहुमत जुटाउन महिन्द्र यादव पक्षले थाल्यो हस्ताक्षर अभियान

पार्टीमा बहुमत जुटाउन महिन्द्र यादव पक्षले थाल्यो हस्ताक्षर अभियान

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको बैठकले अर्का अध्यक्ष महिन्द्रराय यादव पक्षका नेताहरूलाई निष्कासन गरेपछि काउन्टर तयारी थालेको छ।

सोमबार बसेको केन्द्रीय समितिको बैठकले यादवसहित सहअध्यक्ष गंगानारायण श्रेष्ठ, महासचिव रमेश यादवलगायत नेताहरूलाई हटाएपछि आज आकस्मिक बैठक राखेका छन्।

महासचिव यादवले नेताहरू आउने क्रम जारी रहेकाले दिउँसो १ बजे बैठक बस्ने तयारी रहेको बताए। नेताहरू आउने क्रम जारी रहेको र अब बस्ने बैठकले पार्टीले आधिकारिक निर्णय लिने उनले बताए उनले आफूहरूसँग पार्टीको बहुमत रहेको दाबी गरेका छन्।

तर, बाबुराम निकट नेता रोशन पोखरेलले सोमबार सम्पन्न भएको बैठकमा पार्टीका दुईतिहाइ भन्दा बढी केन्द्रीय सदस्यको उत्साहपूर्वक उपस्थितिमा भएको दाबी गरेका छन्। उनले माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेका नेताहरूलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट हटाएको समेत बताएका छन्।

Skip This
Skip This
Logo