सांसद दीपक गिरीकाे प्रश्न- ‘दिपेश पुन पक्राउ पर्दा रवि किन परेनन् ?’

सांसद दीपक गिरीकाे प्रश्न- ‘दिपेश पुन पक्राउ पर्दा रवि किन परेनन् ?’

केन्द्रबिन्दु
112
Shares

काठमाडौं। नेपाली कांग्रेसका सांसद दीपक गिरीले सहकारी ठगीको सन्दर्भमा आरोपित दिपेश पुन पक्राउ पर्दा रवि लामिछाने किन नपरेकाे भनी प्रश्न गरेका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा दिपेश पुनसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानेविरुद्ध समेत उजुरी परेको स्मरण गराएका हुन्।

उनले भने, ‘पोखराको सूर्यदशर्न सहकारी पीडितहरुको पक्षबाट बोल्न चाहन्छु। बचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र दिपेश पुनविरुद्ध उजुरी दिएका थिए। दिपेश पुन गिरफ्तार भए। तर, रवि लामिछानेले गृहमन्त्रीजी अझै ठूलो पद पाउनुभएको छ। जो अनुसन्धानमा हुनुपर्ने हो उहाँ गृहमन्त्री हुनुहुन्छ। तसर्थ, हामी उहाँको राजीनामा माग गर्दछौं।’ उजुरी परेकामध्ये पुन पक्राउ परेको तर लामिछाने गृहमन्त्रीमा बहाल रहेको भन्दै उनले प्रश्न उठाएका हुन्।

Logo