सहकारी ठगी छानविन नभएसम्म अर्थतन्त्र चलायमान हुन सक्दैनः सांसद जबरा

सहकारी ठगी छानविन नभएसम्म अर्थतन्त्र चलायमान हुन सक्दैनः सांसद जबरा

केन्द्रबिन्दु
84
Shares

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य उदय शमशेर जबराले सहकारी ठगी प्रकरण निश्पक्ष रुपमा छानविन नभएसम्म अर्थतन्त्र चलायमान हुन नसक्ने बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले सहकारी ठगी प्रकरणबाट बचतकर्तामात्रै पीडित नभएर देशको अर्थतन्त्र नै समस्यामा परेको बताएका हुन्।

उनले भने , ‘सहकारीमा के भयो भनेर निश्पक्ष छानविन नगरेसम्म अर्थतन्त्र चलायमान हुन अप्ठ्यारो हुन्छ । धेरै नेपाली नागरिहरुले पीडा पाएका छन् । पीडितहरुको मात्रै कुरा गरेको होईन, यसले हाम्रो अर्थतन्त्रमा पनि समस्या ल्याएको छ । यसमा छिटोभन्दा छिटो निश्पक्ष छानविन गर्नुपर्ने जरुरी छ,’

अहिले गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएकाले सहकारी ठगीबारे छानविनका लागि संसदीय समितिको आवश्यक परेको बताए।

Logo