प्रि-बजेट छलफलमा राप्रपा सांसदले अर्थमन्त्री खाेजेपछि….

प्रि-बजेट छलफलमा राप्रपा सांसदले अर्थमन्त्री खाेजेपछि….

केन्द्रबिन्दु
84
Shares

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा प्रि-बजेट छलफल जारी छ। तर, संसदमा अर्थमन्त्री नै नभएको भनी राप्रपाकी सांसद बिना लामाले सुरुमै प्रश्न गरेकी छिन्। उनले अर्थमन्त्री नहुँदा कसलाई सुनाउने भनेर प्रश्न गरेकी हुन्

सभाध्यक्ष गरिरहेकी उपसभामुख इन्दिरा रानाले अर्थमन्त्री वर्षमान पुन प्रतिनिधि राखेर खाना खान गएको बताइन्। तर, सांसद लामाले राप्रपा बोल्न आउँदा अर्थमन्त्री नबसेको भनी थप प्रश्न उठाइन्।

त्यसपछि सभाध्यक्ष गरिरहेकी रानाले पछि बोलाउने भनी अर्को सांसदलाई बोल्न दिने विकल्प दिइन्। तर, त्यतिनै बेला अर्थमन्त्री पुन सभाकक्षमा प्रवेश गरे। त्यसपछि लामाले आफ्नो कुरा राख्न थालिन्।

Logo