भीम रावलको प्रश्न- “आइफा अवार्ड गर्न एक अर्ब किन ?” (भिडियो)

भीम रावलको प्रश्न- “आइफा अवार्ड गर्न एक अर्ब किन ?” (भिडियो)

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले भारतीय फिल्म अवार्ड आयोजना गर्न एक अर्ब खर्चिन लागेकोमा आपत्ति जनाएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता रावलले निजी क्षेत्रको लगानीमा आयोजना हुने गरेको सो अवार्डमा नेपाल सरकारले १ अर्ब आर्थिक सहायता उपलब्ध गराउने निर्णय गर्नु उचित नभएको तर्क पनि गरे । उनले बाटो बनाउन नसक्ने अवस्थामा रहेको देशले अन्य देशका कलाकारलाई आर्थिक सहायता उपलब्ध गराउन उपयुक्त नभएको पनि बताए ।

उनले नेपाली चलचित्र क्षेत्रका लागि केही बजेट दिन नसक्ने सरकारले भारतीय फिल्म अवार्डका लागि भनेर एक अर्ब बजेट दिन जायज नहुने पनि बताए ।

 

भीम रावलद्वारा आइफा अवार्डको चर्को विरोध

देशमा बाटो बन्न सकेको छैन, नेपाली चलचित्रको विकासका लागि मौन छ तर आइफा अवार्ड गर्न १ अर्व खर्च गर्न लागिएको छ।

Posted by Kendrabindu – केन्द्रबिन्दु on Sunday, June 30, 2019

Logo