काठमाडौं ।
कैलालीको टीकापुर घटनामा मुछिएका लक्ष्मण थारुलाई उच्च अदालतले जन्मकैदको सजाय सुनाएपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले झापा विद्रोह, जनयुद्ध सहि तर, कसरी थारु विद्रोह अपराध ठहरियो ? भन्दै प्रश्न गरेका छन् । उनले सामाजिक संजाल ट्वीटरमा एक स्टाटस पोष्ट गर्दै यस्तो टिप्पणी गरेका हुन् ।
थारु नायकहरुलाई सलाम ठोक्दै भट्टराईले भनेका छन्, ‘यथास्थितिको रक्षार्थ कानून अदालत बन्छन् । अतः उत्पीडित थारूजातिको मुक्ति अभियानमा लागेका सांसद रेशम चौधरी, लक्ष्मण थारू लगायतका थारू नेतालाई अदालतले दोषी ठान्नु नौलो भएन । विडम्बना झापा विद्रोह र जनयुद्धका नायकहरूको राजमा थारू विद्रोह अपराध ठहरियो ? यो अन्याय सैह्य छैन । थारू नायकहरूलाई सलाम ।’

जिल्ला अदालत कैलालीको फैसला अनुसार ३ वर्ष कैद भुक्तानी गरिसकेका उनलाई बिहीबार उच्च अदालतले भने सो फैसला उल्ट्याउँदै जन्मकैदको ठहर गरेको छ ।
उच्च अदालत दीपालयले टीकापुर घटनाका मुख्य आरोपी भनिएका जसपाका सांसद रेशमलाल चौधरीको हकमा भने यसअघि जन्मकैद हुने गरी सुनाएको फैसलालाई नै सदर गरेको छ ।
यस लगत्तै जसपा नेता भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।































प्रतिक्रिया