आज पाँचवटा संसदीय समितिको बैठक बस्दै

आज पाँचवटा संसदीय समितिको बैठक बस्दै

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ। आज संघीय संसद्अन्तर्गत पाँचवटा संसदीय समितिको बैठक बस्दैछ। संसद सचिवालयका अनुसार अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्न लागेको हो।

कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान १० बजे बस्नेछ। बैठकमा बाल सुधार गृहमा रहेका बालबालिका र कैद भुक्तान गरिरहेका व्यक्तिको मानवअधिकारको अवस्था र केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमा दफावार छलफल गरिनेछ।

साढे १० बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा मञ्जु शर्मा अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक ११ बजे बस्नेछ। समितिको कार्यक्षेत्र र कार्ययोजनाबारे छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यस्तै बिहान ११ बजे नै बस्ने आर्थिक समितिको बैठकमा आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त (कर प्रस्ताव बाहेक) सम्बन्धमा अर्थ मन्त्री वर्षमान पुनसँग छलफल हुनेछ। बैठकमा कार्य योजना उपसमितिको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक साढे ११ बजेका लागि बोलाइएको छ। बैठकमा उदयपुर र हेटौँडा सिमेन्ट उद्योगका सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट समितिमा प्राप्त प्रतिवेदनमा छलफल गर्ने कार्यसूची छ।

Logo