जलवायु परिवर्तनका कारण विपद् व्यवस्थापन चुनौतीपूर्ण छः मन्त्री बस्नेत

जलवायु परिवर्तनका कारण विपद् व्यवस्थापन चुनौतीपूर्ण छः मन्त्री बस्नेत

केन्द्रबिन्दु
42
Shares

काठमाडौं। उर्जा जलस्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनले विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित पूर्वसूचना प्रणाली सम्बन्धी सिकाइ आदानप्रदान कार्यशालामा बोल्दै उनले, बढ्दो तापमानसँगै जलवायु परिवर्तनमा बद्लावहरु आइराखेको भन्दै त्यो बद्लावले विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताएका हुन्।

उनले भने,‘बढ्दो तापमानसँगै जलवायु परिवर्तनमा महशुस गर्न सकिने र देख्न सकिने खालका बद्लावहरु आइराखेका छन्। जलवायु परिवर्तनको. प्रभावको रुपमा मौसमजन्य घट्नाहरु दिनानु दिन बढ्दै गइराखेका छन्। त्यो अनिश्ति प्रक्रियाको भएको कारणले विपद् व्यवस्थापन हामी सबैको लागि अलि बढि चुनौतीपूर्ण बनिराखेको छ।’

उनले पूर्व सूचना प्रणालीलाई व्यवस्थित गर्न सकेमा विपद्जन्य जोखिमहरुबाट सुरक्षित गर्न सकिने धारणा राखे। उनले भने,‘हामीले पूर्वसूचना प्रणालीलाई जति व्यवस्थित गर्न सक्छौं। पूर्वानुमान पूर्वसूचनासम्म पुगेको सूचनाको प्रसारण सबैको बीचमा गर्न सकियो भने मलाई लाग्छ यो विपद्जन्य जोखमहरुबाट सुरक्षित गर्न धेरै हदसम्म सकिन्छ।’

Logo