असारभित्र एकता टुंगिन्छ, दशैंभित्र सरकारको आलोचना सकिन्छ- प्रधानमन्त्री

असारभित्र एकता टुंगिन्छ, दशैंभित्र सरकारको आलोचना सकिन्छ- प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले असार पार्टी एकताको काम सकिने बताएका छन् ।

मदन भण्डारीको ६८ औं जन्मजयन्तिको अबसरमा मदन भण्डारी फाउन्डेशनले शनिबार काठमाडौंमा गरेको विचार गोष्ठीमा अध्यक्ष ओलीले यस्तो धारणा राखेका हुन्।  प्रधानमन्त्री ओलीले जनताको बहुदलिय जनवाद नै पार्टीको सिद्धान्त भएको बताउंदै ‘हामीले जनताको बहुदलिय जनवाद कार्यक्रमको नाम राखेका छौं, केहीले अलिकति हामीलाई खिसीट्युरी गरेका छन्, एकता टुंगिएको छैन भनेर। ठूलो काम गरेका छौं त्यसले अलिकति अलमल सिर्जना भएको छ।’

त्यस्तै प्रधानमन्त्री ओलीले दशैंसम्ममा सरकारको आलोचना समाप्त हुने दाबी गरेका छन् ।  यो आर्थिक बर्षभित्र एकता प्रक्रिया पूरा गरि अर्को आर्थिक वर्षमा नयाँ उत्साहसाथ अघि बढ्ने बताउंदै प्रधानमन्त्री ओलीले भने, ‘अहिले काठमाडौंमा माक्स लगाएर नाक थुनेर कोही हिड्दैन।’

Logo