आज तीन संसदीय समितिको बैठक बस्दै

आज तीन संसदीय समितिको बैठक बस्दै

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ। संघीय संसद्अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ। संसद सचिवालयका अनुसार आज मध्यान्ह्र १२ बजे पूर्वाधार विकास समितिको बैठक बस्दैछ । बैठकमा कोशी प्रदेशको स्थलगत भ्रमण प्रतिवेदन माथि छलफल हुनेछ ।

यस्तै, दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै दिउँसो १ बजे नै बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको आगामी कार्य योजनाका सम्बन्धमा छलफल हुने संसद सचिवालयले जनाएको छ।

Skip This
Skip This
Logo