एकभन्दा बढी संगठनमा नबस्ने निर्देशनमा कडाइ

एकभन्दा बढी संगठनमा नबस्ने निर्देशनमा कडाइ

केन्द्रबिन्दु
98
Shares

काठमाडौँ। नेकपा एमाले कोशी प्रदेशले एउटै व्यक्ति एक भन्दा बढी जनसङ्गठनमा बस्न नपाउने निर्णय गरेको छ। यस अघि नै निर्णय भई निर्देशन दिइएको भए पनि निर्देशन नमानेकाले कडाइ गरेको हो।

कोशी प्रदेश कमिटीको बैठकले कुनै पनि व्यक्ति एकभन्दा बढी जन वर्गीय सङ्गठनमा रहन नसक्ने भन्दै १५ दिनभित्र आफूले रोजेको सङ्गठनमा जाने निर्देशन समेत दिएको छ।

कमिटी पछि पठाइएको अन्तर पाटी निर्देशनमा भनिएको छ, ‘अझै पनि एक व्यक्ति एक भन्दा बढी जन वर्गीय सङ्गठनमा रहेको थुप्रै ठाउँमा सप्रमाण देखिएकोले १५ दिन भित्र आफूले रोजेको एक जनसङ्गठनमा मात्र रहेको जानकारी सम्बन्धित जिल्ला कमिटी र प्रदेश कमिटीमा पठाउनु होला।’

यसअघि पनि केन्द्रीय कमिटीको निर्देशन अनुसार एक व्यक्ति एउटा मात्रै जनसङ्गठनमा बस्नुपर्ने जानकारी गराइए पनि त्यो निर्देशन कार्यान्वयन नभएको भन्दै कडाइ गरिएको प्रदेश कमिटीले जनाएको छ।

Logo