‘राजनीतिमा इच्छा थिएन, तर मगर भएकै कारण उपसभामुख भएँ’ -उपसभामुख

‘राजनीतिमा इच्छा थिएन, तर मगर भएकै कारण उपसभामुख भएँ’ -उपसभामुख

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले आफू मगर भएको कारणले मात्र उपसभामुख हुन पाउने अवसर प्राप्त गरेको बताएकी छिन् ।

शुक्रबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय मगर सेमिनारमा बोल्दै उनले राजनीति आफ्नो रुचीको विषय नभएकाले कुनै पार्टीको सदस्यतासमेत नलिएको आफूले मगरको छोरी भएकै कारण त्यसको कोटा पाएर उपसभामुख हुने अवसर प्राप्त भएको बताएकी हुन् ।

उनले भनिन्, ‘म राजनीति नै मन नपराउने मान्छे । आज देशको उपसभामुख भएकी छु । त्यो वास्तवमा मगर भएकै कारणले गर्दा हो । राजनीतिमा म कुनै पार्टीको सदस्य पनि थिइनँ। म राजनीतिमा आए त्यो मगरको छोरी भएकै कारण कोटामा मैले मौका पाएकी छु । देशलाई बुझ्ने मौका पाएकी छु ।’

उपसभामुख रानामगरले धेरैजसो बिर गोर्खाली मगर जाति नै हुने गरेको भन्दै विश्वमा नै मगर जाति सरल, इमान्दारी र सोझा भनेर चिनिने गरेकोले त्यो मगर जातिको ब्राण्डिङ रहेको उनको भनाई छ ।

Skip This
Skip This
Logo