पूर्वराजाले आफैं त्रिपुरेश्वर पुगेर राहदानी नवीकरण गरे

पूर्वराजाले आफैं त्रिपुरेश्वर पुगेर राहदानी नवीकरण गरे

केन्द्रबिन्दु
154
Shares

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले राहदानी नवीकरण गरेका छन्। पत्नी कोमललाई साथै लिएर आफैं राहदानी विभाग त्रिपुरेश्वर पुगेर राहदानी नवीकरण गरेका हुन्।

‘उहाँ राहदानी नवीकरण गर्न आफैं आउने भनेर खबर पायौं तर हामीले यसलाई कसैले चलाएको हल्ला ठान्यौं, नभन्दै उहाँ आउनु भयो र सर्वसाधारण सरह नै सेवा लिनुभयो’ विभागका एक अधिकृतले बताए।

निर्मल निवास सूत्रका अनुसार, गत सोमबार पूर्वराजा रानी त्रिपुरेश्वर गएर राहदानी नवीकरण गरेका थिए। सचिवालयले नै नवीकरणको काम गर्ने सल्लाह दिँदा पूर्वराजाले सर्वसाधारण युवाहरु आफैं लाईनमा बसेर राहदानी सेवा लिइरहेको प्रत्यक्ष हेर्न पनि चाहेकाले आफैं गएर नवीकरण गर्ने जवाफ दिएका थिए।

राहदानी नवीकरणको काम सकेपछि विभागका कर्मचारी र त्यहाँ उपस्थित युवाहरुले पूर्वराजासँग तस्बिर खिचेका थिए। कतिपयले सेल्फी खिच्न आग्रह गर्दा पूर्व राजाले सबैलाई समय दिएको सचिवालयले बताएको छ।

Logo