होली मिलन कार्यक्रमको सन्देश- संघीयता मान्दिनँ भन्नेहरुलाई सद्बुद्धि मिलोस्

होली मिलन कार्यक्रमको सन्देश- संघीयता मान्दिनँ भन्नेहरुलाई सद्बुद्धि मिलोस्

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश भातृ संगठन समन्वय विभागले होली मिलन कार्यक्रमको आयोजना गरेको छ । शनिबार ललितपुरमा विभागले २०८० सालको होलीको सुखद उपलक्ष्यमा होली मिलन कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा नेपाली कांग्रेस बागमती सभापति इन्द्रबहादुर बाँनियाले होलीको शुभकामना दिँदै अहिले संघीयता मान्दिन भन्नेहरु नै सरकारमा रहेको भन्दै उनीहरुलाई संघीयता बलियो बनाउने बुद्धी मिलोस् भन्दै कामना गरे । उनले भने,‘संघीय व्यवस्थामाथि चुनौती बढेको छ । संघीयता मान्दिनँ भन्नेहरु आज सरकारमा छन् । त्यहि पनि आजको होली मिलन कार्यक्रममार्फत तिनीहरुलाई पनि हाम्रो शुभकामना छ । होलीले संघीयतालाई बलियो बनाउने सद्बुद्धि दिन सकोस । सरकारमा रहनेले सत्य, न्याय र गरिबको पक्षमा काम गर्न सकोस । स्टनबाजी गरेर हुने नहुने कुरामा अतिरञ्जीत गरेर, भ्रम सृजना गरेर जनतालाई भ्रमको खेती गर्न बन्द गरौं होलीमा हामी शुभकामना दिन चाहन्छौं ।’

उनले विभिन्न जातजाती, भाषाभाषी सबैको साझा फुलबारीको रुपमा रहेको देशको संस्कृति र परम्पराको जर्गेना नेपाली कांग्रेसले गर्छ भन्ने उद्घोषसहित होली मिलन कार्यक्रम आयोजना गरिएको पनि जानकारी दिए ।

Skip This
Skip This
Logo