‘नेपाललाई बहुराष्ट्रिय राज्यको रुपमा स्थापित गर्न आवश्यक छ’ -राजेन्द्र महतो

‘नेपाललाई बहुराष्ट्रिय राज्यको रुपमा स्थापित गर्न आवश्यक छ’ -राजेन्द्र महतो

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले नेपाललाई बहुराष्ट्रिय राज्यको रुपमा स्थापित गर्न आवश्यक रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित ‘होली के सँग राष्ट्रियताको बहुरंग’होली विशेष मिलन कार्यक्रममा बोल्दै उनले देशमा भएका विभिन्न समस्याहरुको समाधानको उपाय भनेकै देशलाई बहुराष्ट्रिय राज्यको रुपमा स्थापित गर्नु रहेको भन्दै सोहिअनुसार देशको शासन र संविधान चलाउन आवश्यक रहेको बताएका हुन् ।

उनले भने,‘अब आफ्नै या स्वदेशमा हामी सबैले आफ्नो पहिचान, संस्कृति एक ढिक्का भयौं भने त्यो स्वदेशवाद हुन्छ । त्यहि बहुराष्ट्रिय राज्य हुन्छ । देशको यावत समस्याहरुको समाधान गर्न बहुराष्ट्रिय राज्यको स्थापना गर्नुपर्छ । सोहिअनुसार देशको शासन र संविधान चलाउने हो । त्यो नै हाम्रो उत्तम उपाय हो । देशको रक्षा र समृद्धि, प्रगतिको लागि वा हामी सबैको स्वाभीमानको लागि अधिकार र पहिचानका साथ बाँच्न देश प्राकृतिक चरित्र अनुसार शासन हुनुपर्छ ।’

उनले बहुराष्ट्रिय मान्यताको आधारमा देशको शासन र संविधान चलाएर नेपाल सबैको लागि बन्नुपर्ने धारणा राखे ।

Logo