जङ्गी अड्डा पुगेर रक्षामन्त्रीले गरे नेपाली सेनाको प्रशंसा

जङ्गी अड्डा पुगेर रक्षामन्त्रीले गरे नेपाली सेनाको प्रशंसा

केन्द्रबिन्दु
154
Shares

काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राष्ट्रिय एकीकरण अभियान प्रारम्भदेखि नेपालको एकता, अखण्डता, संस्कृति, परम्परा जोगाइराख्न नेपाली सेनाले निर्वाह गर्दै आइरहेको भूमिका प्रसंशनीय रहेको बताएका छन् ।

सोमबार सैनिक मुख्यालय जङ्गी अड्डाको निरीक्षण गर्दै मन्त्री उप्रेतीले संवैधानिक दायित्व र समय क्रममा सरकारले सुम्पँदै आएको जिम्मेवारी अब्बल ढङ्गबाट पूरागरी सेना जनताको भरोसाको केन्द्रका रूपमा रहेको उल्लेख गरे ।

मन्त्री उप्रेतीले सेनाले राज्यका सबै विकट स्थानसम्म पुगेर सडक पूर्वाधार तयार गरी योगदान पु-याउँदै आएको बताए ।

मन्त्री उप्रेतीसमक्ष सेनाको सङ्गठनात्मक स्वरूप, तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा सञ्चालन गरिरहेका विविध गतिविधिबारे जानकारी गराइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

त्यस अवसरमा प्रधानसेनापति प्रभुराम शर्माले बदलिँदो अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय परिवेशबाट सिर्जित चुनौती सम्बोधन, समाधान र न्यूनीकरण गर्न क्षमता अभिवृद्धि आवश्यक बताएका थिए ।

Logo