टेबुल सलामीका भाइरल मेयरले भने, ‘टेबुलमा चढेर सलामी लिनु गल्ती भयो’

टेबुल सलामीका भाइरल मेयरले भने, ‘टेबुलमा चढेर सलामी लिनु गल्ती भयो’

केन्द्रबिन्दु
0
Shares

धनकुटा । टेबुल सलामीका भाइरल मेयरले गल्ती भएको स्वीकार गरेका छन् । धनकुटाको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले खेल उद्घाटनको क्रममा टेलुबमा चढेर सलामी लिएका थिए । उक्त विषयमा सामाजिक सञ्जालमा निकै टिकाटिप्पणी आएपछि मेयर नेपालले विज्ञप्ती जारी गर्दै गल्ती भएको स्वीकार गरेका हुन् ।

मेयरले सलामी लिएको भन्दै आलोचना र खिसिट्युरी भएपछि नगरपालिकाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै स्पष्टीकरण दिएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेलको उद्घाटनको अवसरमा असार ४ गते खेलकुद र खेलाडीको सम्मानमा सलामी लिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहदेव रायमाझी र स्रोत व्यक्ति पुष्पबहादुर कटुवालद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा खेलकुदको नियम र प्रचलनअनुसार खेलकुद र खेलाडीहरुको सम्मानमा नगरपालिकाका प्रमुख नेपालले लिएको सलामी विधिवत खेलकुद कार्य भएको उल्लेख गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपालले खेलकुद प्रतियोगिता सञ्चालक तथा खेलकुद समितिको अनुरोधमा प्लाष्टिकको टेबलमाथि चढेर खेलाडीहरुलाई सम्मानस्वरुप सलामी लिएका थिए ।

यतिबेला मेयर नेपालले टेबलमा चढेर सलामी लिएका तस्बिरहरु भाइरल भैरहेका छन् । उनलाई सामाजिक सञ्जालमा कतै बासको टुप्पोमा सलामी लिएको तस्बिर बनाएर पोष्ट गरिएको छ कतै जहाजमा बसेर सलामी लिएको तस्बिर बनाईएको छ ।

Skip This
Skip This
Logo