संसद बैठकमा आज बिभिन्न मन्त्रालयका मन्त्रीहरुले जवाफ दिने कार्यतालिका रहेको छ।
बजेटमाथि सांसदले उठाएका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिन लागेका हुन् । बैठकमा विभिन्न ६ वटा मन्त्रालयका अन्तर्गत विनियोजन गरिएको बजेटमाथि जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयका लागि विनियोजन गरिएको बजेटमा सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले जवाफ दिनेछ ।
आजको बैठक बिहान ११ बजे बस्दैछ।





























प्रतिक्रिया