सुदूरपश्चिम सरकार छाड‍्न नाउपाका मन्त्रीलाई अध्यक्ष श्रेष्ठको निर्देशन

सुदूरपश्चिम सरकार छाड‍्न नाउपाका मन्त्रीलाई अध्यक्ष श्रेष्ठको निर्देशन

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी(नाउपा)की अध्यक्ष रन्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरिन आफ्ना सांसदहरूलाई निर्देशन दिएकी छिन्।

प्रदेश संसदीय दलका नेतालाई पत्र लेख्दै अध्यक्ष श्रेष्ठले सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिन निर्देशन दिएकी हुन्। उनले भनेकी छिन्,‘१४ गते बुधबार टीकापुरमा बसेको केन्द्रीय कमिटीको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएअनुसार सोहीबमोजिम सरकारबाट समर्थन फिर्ता लिन, सरकारबाट बाहिर आउन निर्देश गर्दछु। न्यथा पार्टीको विधान आकर्षित गरिनेछ।’

सुदूरपश्चिममा माओवादी केन्द्र र एकीकृत समाजवादीका मन्त्रीहरूलाई बरखास्त गर्दै कांग्रेसका मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाका ५ जना सांसदलाई मन्त्री बनाएका छन्।

Skip This
Skip This
Logo