राष्ट्रपति पौडेल चितवनमा

राष्ट्रपति पौडेल चितवनमा

केन्द्रबिन्दु
70
Shares

चितवन । राष्ट्रपति रामचन्द्र पौडेल चितवन आइपुगेका छन् । भरतपुर महानगरपालिका–१ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका–५ घिन्टार जोड्ने मोटर गुड्ने पुलको उद्घाटनका लागि राष्ट्रपति पौडेल केहीबेरअघि चितवन आएका हुन् ।

पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टङ्कनाथ पौडेलका अनुसार राष्ट्रपति पौडेलले पुल उद्घाटनसँगै तनहुँको देवघाटमा रहेको गलेश्वर आश्रममको ज्येष्ठ नागरिक भवनकोसमेत शिलान्यास गर्ने कार्यक्रम छ ।

विसं २०७१ कात्तिक २० गते शिलन्यास भएको सो पुलको निर्माणमा रु २१ करोड ६८ लाख आठ हजार खर्च भएको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलले जानकारी दिए ।

Logo