‘वर्तमान गठबन्धनको आयु चार महिना’– पशुपति शमशेर राणा

‘वर्तमान गठबन्धनको आयु चार महिना’– पशुपति शमशेर राणा

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर राणाले वर्तमान सत्ता गठबन्धनको आयु त्यति लामो नदेखेको बताएका छन् ।

शनिबार महाराजगञ्जस्थित बिजय बासमा पत्रकारहरुसँग अनौपचारिक सम्वाद गर्दा नेता राणाले वर्तमान प्रतिनिधि सभाले पूर्णकार्यकाल काम गर्नेमा आफू विश्वस्त रहेको बताउँदै तर एमाले र माओवादी सहितको सत्ता गठबन्धन भने धेरै लामो समय चल्नेमा आफूलाई विश्वास नलागेको बताए ।

ठट्यौली शैलीमा हाँस्दै राणाले भने, ‘बढीमा चार महिना !’

नेता राणाले वर्तमान प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतले केही दिन सभामुखको भूमिका निर्वाह गरेका थिए । आफ्नो निवासमा दिवाभोजका लागि आमन्त्रित पत्रकारहरुसँग मिसिएर राणाले भने– ‘हेर्नोस् ८२ वर्ष बाँचिएछ, अब यो समयअवधिका बारेमा के गर्ने भनेर सोच्दैजाँदा एउटा अनुभवको पुस्तक नै लेख्न रहर लाग्यो र पचहत्तर प्रतिशत त लेखि नै सकें, एकतिहाई भने पूरा गर्न बाँकी छ ।’

नेता राणाले आफ्ना बाजे अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेरले संक्रमणकालको नेतृत्व गरेर प्रजातन्त्रलाई सहयोग गरेको प्रसंग सुनाउँदै पिता बिजय शमशेरले पनि उद्योगधन्दाको जग बसाउन महत्वपूर्ण योगदान गरेको चर्चा गरे । उनले आफूले पनि महत्वपूर्ण समयमा उल्लेख्य भूमिका निर्वाह गर्न पछि नपरेको सगर्व सुनाउँदै पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईले आफ्नो प्रशंसा गरेको पनि सम्झिए ।

नेता राणाले पहिला नेपाली भाषामै आफ्नो संस्मरण कृति सार्वजनिक गर्ने योजना सुनाए ।

Logo