हर्क साम्पाङले भेटे गृहमन्त्री रवि लामिछानेलाई, पाेखे गुनासो

हर्क साम्पाङले भेटे गृहमन्त्री रवि लामिछानेलाई, पाेखे गुनासो

केन्द्रबिन्दु
36
Shares

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग भेटवार्ता गरेका छन् ।

काठमाडौं आएका मेयर साम्पाङले आइतबार मन्त्रालयमा पुगेर रास्वपाका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेसँग भेटवार्ता गरेका हुन् । सो क्रममा मेयर साम्पाङले धरानमा इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण, सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त सोत–साधनको माग गरेका थिए । साथै कर्मचारीले प्रक्रिया र जनप्रतिनिधिले परिणाम खोज्ने हुँदा काम गर्न कठिन हुने गरेको उनको गुनासो थियो ।

जवाफमा उक्त गुनासोको सम्बोधन गर्ने गृहमन्त्री लामिछानेले प्रतिवद्धता जनाएका छन् । साथै साम्पाङले हरेक शुक्रबार सञ्चालन गरिरहेको ‘सुधारबार’ अभियानमा कुनै हप्ता आफू पनि सहभागी हुने उनले पनि बताए ।

Skip This
Skip This
Logo