बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पाए विश्वासको मत

बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पाए विश्वासको मत

केन्द्रबिन्दु
154
Shares

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । सोमबार बागमती प्रदेश सभा बैठकमा जम्कट्टेलले विश्वासको मत पाएका हुन् । उनले आफूलाई प्रदेश सभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५६ जनाले मतदान गरे ।

उनलाई आफ्नो दल माओवादी केन्द्रका २१, नेकपा एमालेका २७, नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका १ जना सांसदले विश्वासको मत दिए। मतदानमा नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टीले विपक्षमा रहँदा राप्रपा तटस्थ रह्यो । १ सय १० सदस्यीय प्रदेशसभामा विश्वासको मतको लागि जम्कट्टेलको ५६ मत आवश्यक पर्छ।

२५ पुस २०७९ मा मुख्यमन्त्री बनेका जम्कट्टेलले सोमबार तेस्रो पटक विश्वासको मत लिएका हुन् । यसअघि पहिलो पटक ३ माघ २०७९ मा र दोस्रो पटक १० चैत २०७९ मा विश्वासको मत लिएका थिए ।

Logo