सार्वजनिक सेवा प्रशारण विधेयक छलफलको क्रममा छ -सञ्चारमन्त्री शर्मा

सार्वजनिक सेवा प्रशारण विधेयक छलफलको क्रममा छ -सञ्चारमन्त्री शर्मा

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्वतन्त्र र जनउत्तरदायी सार्वजनिक प्रशारण विकास गर्न सार्वजनिक सेवा प्रशारण विधेयकमाथि प्रतिनिधि सभामा छलफल भइरहेको बताएकी छिन् ।

मंगलबार रेडियो नेपालको ७४औं वार्षिकोत्सव समारोहमा सञ्चारमन्त्री शर्माले नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकिकरण गरि थप स्वतन्त्र र जनउत्तरदायी सार्वजनिक प्रशारण निर्माण गर्ने सरकारको नीति रहेको भन्दै यसको लागि सार्वजनिक सेवा प्रशारण विधेयक छलफलमा रहेको बताएकी हुन् ।

उनले भनिन्, ‘रेडियो नेपालले प्रादेशिक प्रशारणको समयावधि बढाउनको लागि पनि ध्यान दिन आवश्यक छ । आगामी दिनमा रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकिकृत गरि सार्वजनिक प्रशारण सेवा बनाउने सरकारको नीतिलाई व्यवहारमा उतार्न सार्वजनिक प्रशारणउन्मुख समाचार, कार्यक्रम, उत्पादन तथा प्रशारणका लागि तयारी गर्नुपर्ने आवश्यकता छ । सार्वजनिक प्रशारणको रुपमा विकास गर्न सार्वजनिक सेवा प्रशारण विधेयकमाथि प्रतिनिधि सभामा छलफल भईरहेको छ ।’

नेपाली समाजको रुपान्तरणका लागि महत्वपूर्ण संवैधानिक र कानूनी व्यवस्थाको पूर्ण कार्यान्वयन हुन नसकेको भन्दै यसको लागि रेडियो नेपालसहित आम सञ्चार माध्यमहरुले अभियानको रुपमा कार्यक्रम उत्पादन र प्रशारणमा जोड दिनुपर्ने बताइन् ।

सञ्चारमन्त्री शर्माले भनिन्, ‘नेपाली समाजको रुपान्तरणका लागि महत्वपूर्ण संवैधानिक र कानूनी व्यवस्थाको पूर्ण कार्यान्वयन अहिले पनि हुन सकिरहेको छैन् । यसको पूर्व कार्यान्वयनको लागि घर घरमा सचेतनाको आवश्यकता रहेको छ । यसका लागि राजनैतिक रुपमा जे उपलब्धी हासिल गरेका छौ संविधान र कानूनमा जे कुरा उल्लेख गरेका छौ । मानिसको दिल र दिमागमा त्यो कुरालाई सम्प्रेषण गर्न सकिरहेका छैनौं त्यसका लागि रेडियो नेपालसहित आमसञ्चार माध्यमहरुले अभियानको रुपमा कार्यक्रम उत्पादन र प्रशारणमा जोड दिनुपर्छ ।’

सरकारको स्वामित्वको प्रशारण माध्यमलाई सरकारको प्रचारकको रुपमा मात्रै बुझ्ने गरिएको भन्दै यो भष्यलाई परिवर्तन गर्न कार्यशैली परिवर्तन गर्न खोजिरहेको पनि उनको भनाई छ ।

Logo