रेशम र रञ्जिताको घरझगडा मिलाउन प्रधानमन्त्री प्रचण्डले थाले पहल

रेशम र रञ्जिताको घरझगडा मिलाउन प्रधानमन्त्री प्रचण्डले थाले पहल

केन्द्रबिन्दु
266
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिक उन्मुक्ति पार्टी (नाउपा)को विवाद मिलाउन पहल लिएका छन् । उनले मंगलबार अध्यक्ष रन्जिता चौधरी र संरक्षक रेशम चौधरीसँग छुट्टाछुट्टै छलफल गरेका हुन् ।

नाउपा वर्तमान सत्ता गठबन्धनमा आबद्ध छैन तर, सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकार गठनमा उसकै खाँचो छ । त्यसकारण पनि नाउपा विभाजन हुन नदिन र सत्ता गठबन्धन बलियो बनाइराख्न प्रधानमन्त्री प्रचण्डले पहल लिएका हुन् ।

अध्यक्ष रन्जिता चौधरी र संरक्षक रेशम चौधरीबीच पछिल्लो समय नयाँ सत्ता गठबन्धनमा जाने कि पुरानोमा भन्नेमा विवाद छ । उनीहरु पति/पत्नी पनि हुन् ।
रेशम पक्षले सुदूरपश्चिम प्रदेशको हालको सरकारलाई समर्थन गर्ने र रञ्जिता पक्षले नगर्ने भनेर अडान लिएपछि विवाद भएको हो। रन्जिता केन्द्रमा भएको नयाँ सत्ता गठबन्धनमै सहभागी भएर प्रदेशहरूमा सरकार बनाउन चाहिन्छन् भने रेशम कांग्रेससँगै रहन चाहन्छन् ।

केन्द्रमा पुरानो गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेपछि अल्पमतमा परेको सुदूरपश्चिम प्रदेश सरकारमा हाल नाउपा र कांग्रेस मात्र सहभागी छन्। मुख्यमन्त्री शाहले नाउपासहित एक स्वतन्त्र सांसद र एक राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) सांसदको समर्थन लिई विश्वासको मत लिन खोजे पनि नाउपामा अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबिचको विवादले समस्या भएको हो।

नाउपाले सोमबार काठमाडौँमा बोलाएको बैठकमा रेशम चौधरी र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीपक्षबीच हात हालाहालको अवस्था आएको थियाे ।

Logo