कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले दिए राजीनामा

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले दिए राजीनामा

केन्द्रबिन्दु
84
Shares

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएका छन् ।

बुधबारको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामा दिएको घोषणा गरेका हुन् । उनले भने- ‘पछिल्लो राजनीतिक परिस्थितिमा कर्णालीको मुख्यमन्त्रीमा रहिरहन उपयुक्त नदेखिएपछि पदबाट राजीनामा दिने निर्णय गरेको कुरा जानकारी गराउँदछु ।’

फेरिएको सत्ता समिकरणमा मुख्यमन्त्री एमालेले पाउने सहमति भएको छ ।

तीन दिन बित्न लाग्दा समेत शीर्ष तहको निर्णय मान्न उनी तयार देखिएका थिएनन् । तर, अन्ततः उनी सहमत भए । ४० सदस्यीय प्रदेश सभामा प्रतिपक्षी कांग्रेस १४ सिटसहित पहिलो दल रहेको छ । माओवादी १३, एमाले सभामुखसहित १०, राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रका एक/एक सदस्य रहेका छन् ।

Logo