कांग्रेस प्रमुख सचेतक लेखक भन्छन् : कि नेपालमा दुई वटा सरकार छ भन्नुपर्यो !

कांग्रेस प्रमुख सचेतक लेखक भन्छन् : कि नेपालमा दुई वटा सरकार छ भन्नुपर्यो !

केन्द्रबिन्दु
57
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारप्रति व्यगं गर्दै नेपालमा दुई वटा सरकार छ भन्नुपर्ने बताएका छन्।

मगंलबार पार्टी पदाधिकारीको बैठकपछि सञ्चारकर्मीसँगै बोल्दै सचेतक लेखकले सरकारप्रति व्यगं गर्दै नेपालमा दुई वटा सरकार छ भन्नुपर्ने बताएका हुन्।

उनले कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरमा मुछिएको भन्दै संसदीय छानबिन समिति बनाएर छानबिन गर्नेुपर्ने मागमा अडिग रहेको बताउँदै भने, ‘कि नेपालमा दुई वटा सरकार छ भन्नुपर्यो। हामीले एउटा सरकारको कुरा सुनिसक्यौं। प्रधानमन्त्रीजीले भनिसक्नु भयो। प्रधानमन्त्रीको कुरामा चित्त नबुझेर हामीले संसदीय छानबिन समिति माग्यौं। सबै मन्त्रीको पहिलो मन्त्री प्रधानमन्त्री हो। हामीले प्रधानमन्त्रीकै कुरा सुनिसकेकाले सहकारी ठगीमा अरु कसैको कुरा सन्दैनौं।’

Skip This
Skip This
Logo