उजुरी पर्दैमा पदबाट राजीनामा नदिने रवि लामिछानेकाे अडान, राखे कांग्रेसलाई यस्ताे शर्त

उजुरी पर्दैमा पदबाट राजीनामा नदिने रवि लामिछानेकाे अडान, राखे कांग्रेसलाई यस्ताे शर्त

केन्द्रबिन्दु
72
Shares

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा उजुरी पर्दैमा आफूले पदबाट राजीनामा नदिने बताएका छन्।

नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबीन समितिको माग गर्दै संसद बैठक अवरुद्ध पारेपछि सञ्चारकर्मीहरुसँग गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् । यदी भ्रष्टाचारको उजुरी पर्दैमा राजीनामा दिने हो भने त्यसका सहमति गरेर अघि बढ्न कांग्रेस तयार हुनुपर्ने उनको शर्त छ ।

उनले भने, ‘२०४७ सालदेखि आजसम्मका सम्पूर्ण कुराहरुको छानविन गरौं । सरकारको न्यूनतम साझा कार्यक्रममा पनि हामीले भनेका छौं, कुनै पनि कालखण्डका भ्रष्टाचारको छानविन गर्नुपर्छ ।’

Skip This
Skip This
Logo