मधेशमा प्रदेशस्तरीय सुरक्षा बैठक जारी, गृहमन्त्रीले सम्बोधन गर्ने

मधेशमा प्रदेशस्तरीय सुरक्षा बैठक जारी, गृहमन्त्रीले सम्बोधन गर्ने

केन्द्रबिन्दु
27
Shares

जनकपुर। मधेश प्रदेशको जनकपुर उपमहानगरमा प्रदेशस्तरीय सुरक्षा बैठक सुरु भएको छ। प्रदेशको सुरक्षा संरचना, शान्ति सुरक्षाको वर्तमान अवस्था लगायतका विविध विषयमा सरोकारवासँग छलफल गर्न बुधबार एकदिने प्रदेशस्तरीय सुरक्षा गोष्ठी आयोजना गरिएको हो।

बैठकमा सहभागी हुन उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने मंगलबार साँझ नै जनकपुर पुगिसकेका छन्। बुधबार मधेशका आठै जिल्लाका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका प्रमुख अधिकारीहरु, प्रमुख जिल्ला अधिकारी लगायतका सरोकारवाला निकायका अधिकारीहरु सहभागी हुने गोष्ठीमा बिहान साढे ८ बजे सुरु गरी ३ः ४५ बजेसम्म सञ्चालन हुने मधेश प्रदेश सञ्चार तथा कानून मन्त्रालयले जनाएको छ। गोष्ठी नेपाल सरकार गृह मन्त्रालय र मधेस सरकार गृह, सञ्चार तथा कानून मन्त्रालयको आयोजनामा हुन लागेको हो।

Skip This
Skip This
Logo