प्रधानमन्त्री र मन्त्री भएका सबैको सम्पत्ति छानबिन गर्न गगन थापाको माग

प्रधानमन्त्री र मन्त्री भएका सबैको सम्पत्ति छानबिन गर्न गगन थापाको माग

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले दलका अध्यक्ष, पूर्वप्रधानमन्त्री, मन्त्रीलगायत सबैको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन्।

भ्रष्टाचारविरुद्ध संसदमा चलिरहेको बहसले ठिक ठाउँमा लाने अपेक्षा गरेका महामन्त्री थापाले काँग्रेस, एमाले, माओवादी सबै दलका अध्यक्ष र प्रधानमन्त्री भएका सबैको सम्पत्ति छानबिन हुनुपर्ने बताएका हुन्।

उनले भने, ‘काँग्रेसका सभापति, एमाले अध्यक्ष, माओवादीका अध्यक्ष, अहिलेका प्रधानमन्त्रीको, भूतपूर्व प्रधानमन्त्रीको, हामी जस्तो मन्त्री भएकाहरूको सबैको सम्पत्ति छानबिन गरौँ।’

२०४७ देखिको लामो कार्यकालमा राजनीतिक नेतृत्व, प्रशासनिक नेतृत्व लिनेहरू जबाफदेही हुनुपर्ने उनले बताए। जति पनि ठूला काण्ड भए जोजो त्यसमा जिम्मेवार छन्। उनीहरूले कहीँ न कहीँ दण्ड पाउनुपर्छ भन्ने हुनुपर्ने उनले बताए। ‘नागरिकलाई राज्यसँग भर होस्। गलत गर्ने मान्छेलाई राज्यसँग डर होस्।’

Skip This
Skip This
Logo