काठमाडौं । प्रतिनिधिसभाको बैठक फेरिपनि अवरूद्ध भएको छ।
बैठक बसेको आकस्मिक समय सकिएपछि प्रतिपक्षि दलहरूले अवरूद्ध गर्दा बैठक वैशाख २ गतेसम्मका लागि स्थगित् भएको छ। आजको बैठक प्रमुख प्रतिपक्षीदलहरू कांग्रेस, राप्रपा र लोसपाले अवरुद्ध गरेका हुन्।
अर्को बैठक नयाँ वर्ष २०८१ वैशाख २ गते ११ बजेका लागि बोलाइएको छ। यस अगाडि पनि पटकपटक कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको माग गर्दै संसद अवरूद्ध गर्दै आइरहेको थियो।































प्रतिक्रिया