गृहमन्त्रीलाई नै केन्द्रमा राखेर समितिको माग गरिएको छ, त्यो मिल्ने कुरो छैन : प्रधानमन्त्री प्रचण्ड

गृहमन्त्रीलाई नै केन्द्रमा राखेर समितिको माग गरिएको छ, त्यो मिल्ने कुरो छैन : प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री रवि लामिछानेलाई नै केन्द्रमा राखेर संसदीय छानबिन समितिको माग गरिएको कुरा नमिल्ने भएको दाबी गरेका छन्।

बिहीबार विराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसले गृहमन्त्री लामिछानेलाई केन्द्रमै राखेर छानबिन समितिको माग गरिएको त्यो नमिल्ने कुरा भएको दाबी गरेका हुन्।

उनले भने,‘अहिले रवि लामिछानेलाई नै केन्द्रमा राखेर समितिको माग गरिएको छ, त्यो मिल्ने कुरो छैन। मैले सदनमा जवाफ दिँदा अनुसन्धानकर्तादेखि सम्बन्धित निकायका प्रमुख र सम्बन्धित जिल्लाका अधिकारीसँग के हो यो केस भनेर सोधेको थिएँ। उहाँहरूले यस केसमा रविजीलाई अनुसन्धान गर्ने ठाउँ छैन भन्नुभयो, सोही आधारमा मैले बोलेको हुँ।’

यस्तै, उनले पहिला हामीसँगै कांग्रेसपनि सरकारमा रहेको र त्यतिबेला यो मुद्दा सामान्य रहेको र सरकारबाट बाहिरिएपछि गृहमन्त्रीलाई केन्द्रमा राखेर माग गरिएको कुरा राजनीतिक पूर्वाग्रह भएको बताए।

Skip This
Skip This
Logo