रेशमको मुद्दा हेर्न नमिल्नेमा

रेशमको मुद्दा हेर्न नमिल्नेमा

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको मुद्दा हेर्न नमिल्नेमा परेको छ।

नाउपाको गत अधिवेशनबाट पार्टीले आफूलाई अध्यक्षमा निर्वाचित गरेको तर निर्वाचन आयोगले टिकापुर प्रकरणमा सजाय भोगेको व्यक्ति भएको हुँदा रेशमलाई पार्टी अध्यक्ष बन्न नपाउने निर्णय गरेको थियो।

रेशमले आफूलाई राष्ट्रपतिले आममाफि दिएको र पार्टी अध्यक्ष बन्न पाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा आयोगका विरूद्ध रिट दायर गरेका थिए।

सो मुद्दाको पेशी आजका लागि न्यायाधीशद्धय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेशी तोकिएको थियो।

आजका लागि पेशी तोकिएका न्यायाधीश सुवेदीले उक्त मुद्दा हेर्न नमिल्ने भएपछि स्थगित् भएको हो। न्यायाधीश सुवेदीले टीकापुर प्रकरणको फैसला गर्दापनि सोही मुद्दा हेरेका थिए।

पुरानो मुद्दापनि सँगै राखिने भएपछि उक्त मुद्दामा सुवेदीको इजलासले हेर्न मिल्दैन।

Skip This
Skip This
Logo