लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत

लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत

केन्द्रबिन्दु
168
Shares

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन्। आज(शुक्रबार) बसेको लुम्बिनी प्रदेश सभाको बैठकबाट महराले विश्वासको मत पाएका हुन्।

माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री महरालाई एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी, जसपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसदले मत विश्वासको मत दिएका हुन्। उनको पक्षमा ४८ मत रहँदा विपक्षमा २८ मत र ७ मत अनुपस्थित रहेको थियो।

८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ प्रदेशसभा सदस्य आवश्यक पर्छन्।

Logo