आर्थिक विकास र समृद्धिको लागि स्वार्थ र सीमाभन्दा माथि उठेर एकताबद्ध हुनुपर्छः सभापति देउवा

आर्थिक विकास र समृद्धिको लागि स्वार्थ र सीमाभन्दा माथि उठेर एकताबद्ध हुनुपर्छः सभापति देउवा

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भविष्यमा आउने राष्ट्रिय चुनौतीहरूको सबै राजनीतिक दलले एकजुट भई दृढ सामना गर्नुपर्नेमा जोड दिएका छन्।

नयाँ वर्ष २०८१ सालको अवसरमा नेपालीहरूमा शुभकामना व्यक्त गर्दै सभापति देउवाले आर्थिक विकास र समृद्धिको मार्गमा अग्रसर हुनु पर्ने बेला आएको र त्यसका लागि सबै राजनीतिक दल एकताबद्ध हुनुपर्ने बताएका हुन् ।

‘ऐतिहासिक उपलब्धिहरूको रक्षा गरी देशमा सुशासन कायम गर्दै आर्थिक विकास र समृद्धिको मार्गमा अग्रसर हुनुपर्ने बेला आएको छ । यसका लागि सम्पूर्ण राजनीतिक दल तथा जिम्मेवार निकायहरू मुलुक, मुलुकवासी र लोकतन्त्रको पक्षमा आ–आफ्ना दलगत स्वार्थ र सीमाभन्दा माथि उठेर एकताबद्ध भई अगाडि बढ्न आवश्यक छ’ देउवाले भनेका छन् ।

नयाँ वर्ष २०८१ ले नेपालीबीचको एकतालाई अझ बढी मजुबूत र सुदृढ गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरेर आर्थिक, सामाजिक र सांस्कृतिक रूपले समृद्ध नेपाल निर्माण गर्न नयाँ जोश, उत्साह र जाँगर प्रदान गर्न सक्ने सकोस् भन्ने धारणा देउवाको छ ।

Skip This
Skip This
Logo