गृहमन्त्री लामिछानेको नेतृत्वमा काठमाडौँमा ट्राफिक जनचेतना र्‍याली

गृहमन्त्री लामिछानेको नेतृत्वमा काठमाडौँमा ट्राफिक जनचेतना र्‍याली

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ। गृहमन्त्री रवि लामिछानेको नेतृत्वमा आज ट्राफिक जनचेतना र्‍याली निकालिएको छ। ट्राफिक नियमबारे जनचेतना फैल्याउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा प्रभातफेरी कार्यक्रम गरिएको हो।

सुनधाराबाट सुरु भएको र्‍याली रत्नपार्क, पुरानो बसपार्क हुँदै सभा गृह पुगेको थियो। र्‍यालीमा सहभागीहरूले विभिन्न ट्राफिक सचेतना लेखिएका प्लेकार्डहरू बोकेका थिए। र्‍यालीमा विद्यार्थी, सामाजिक अभियन्ता तथा प्रहरीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

Skip This
Skip This
Logo