सुदूरपश्चिमकाे मुख्यमन्त्रीमा नाउपाका लक्ष्मणकिशोर चौधरीले गरे दाबी पेस

सुदूरपश्चिमकाे मुख्यमन्त्रीमा नाउपाका लक्ष्मणकिशोर चौधरीले गरे दाबी पेस

केन्द्रबिन्दु
33
Shares

सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लक्ष्मणकिशोर चौधरीले दाबी पेस गरेका छन् । नेपाली कांग्रेस र एकीकृत समाजवादीकाे समर्थनमा चौधरीले आइतबार दिउँसो प्रदेश प्रमुख नजीर मियाँसमक्ष दाबी पेस गरेका हुन् ।

मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले मुख्यमन्त्रीमा दाबी पेश गर्न आज अपरान्ह ५ बजेसम्म अन्तिम समयसीमा दिएका थिए । सोहीबमोजिम नेपाली कांग्रेसका १८, नाउपाका ४, नेकपा एकीकृत समाजवादीका ४ र राप्रपाका १ सांसदको समर्थनमा चौधरीले दाबी पेस गरेका हुन् ।

५३ सदस्यीय सुदूरपश्चिममा हाल ५१ जना सदस्य छन्। बहुमतको लागि २६ मत चाहिन्छ ।

Skip This
Skip This
Logo