‘कांग्रेस संवैधानिक परिषद् बैठकमा सहभागी हुँदैन’ : केसी

‘कांग्रेस संवैधानिक परिषद् बैठकमा सहभागी हुँदैन’ : केसी

केन्द्रबिन्दु
0
Shares

कास्की ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले यथास्थितिमा कांग्रेस संवैधानिक परिषद्को बैठकमा सहभागी नहुने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संवैधानिक निकाय विधि र विधानसँग मात्र उत्तरदायी, स्वतन्त्र र निष्पक्ष हुनु पर्ने मान्यतामा कार्यपालिका, व्यवस्थापिका र न्ययपालिकाका प्रमुख र प्रमुख प्रतिपक्षको नेतालाई सम्मिलित गरेर संवैधानिक परिषद्को व्यवस्था गरिएको उनको भनाइ थियो ।

नेता केसीले भने, “संवैधानिक परिषदमा छ जनाको व्यवस्थासहित चार जनाको कोरम पुर्याउने र निर्णय सर्वसम्मत गर्ने व्यवस्था तोडेर आएको अध्यादेशले प्रजातान्त्रिक मूल्य मान्यता र लोकतन्त्रका आधारभूत संस्थालाई कमजोर बनाएको छ ।”

पार्टीका पूर्वसहमहामन्त्री केसीले जनताले कांग्रेसलाई ५ वर्ष प्रमुख प्रतिपक्षको भूमिका दिएकाले सरकारमा सहभागी नहुने स्पष्ट पारे । कांग्रेसका लागि १४ औँ महाधिवेशन सम्पन्न गर्नु प्रमुख जिम्मेवारी रहेको बताउँदै उनले एक, डेढ वर्षभित्र विधिवत् अधिवेशन गर्ने गरी पुरानै महाधिवेशनबाट निर्वाचित सदस्यबाट फागुनभित्रमै महाधिवेशन सम्पन्न गर्ने बारेमा सोच्नु पर्ने आवश्यकता रहेकाले आफूले केन्द्रीय समिति बैठकमा प्रस्ताव लैजान लागेको जानकारी दिए।

Logo