काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सहकारीका नाममा अर्बौका ठगहरू भएको र ती कुरामा ख्याल राख्न आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन्।
सोमबार पार्टी संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले सहकारीका नाममा अर्बौका ठगहरू भएको र ती कुरामा ख्याल राख्न आफ्ना सांसदहरूलाई निर्देशन दिएका हुन्।
‘हाम्रै साथीहरू, अरु पार्टीका पनि साथीहरूबिना कसुर पनि, बिना दोष पनि अरुको फसाइमा फसेर कोही रातो पासपोर्ट काण्डमा परेका छन्। अर्कोपटक उम्मेदवार हुन पाएका छैनन्। त्यसकारण यस्ता कुराहरूमा पार्टीलाई इन्फम गरायो भने पार्टीले बचाउँछ, जोगाउँछ। गल्ती हुनबाट जोगाएपछि सबै कुराबाट जोगिन्छ। पार्टीलाई जानकारी नगराई क्रियाकलाप गर्न खोजियो भने अनेक अप्ठ्याराहरूको फेला परिन्छ। आज सहकारीको नाममा ठगीहरू, ठगहरू तपाईं हामीले देखेका छौँ। अर्बौका ठग। त्यसकारण ठगहरू पनि छन। त्यो कुरा ख्याल राख्नुपर्छ,’ उनले भने।































प्रतिक्रिया