सर्वोच्चकाे सुनुवाइ हुनुअघि नै विश्वासको मत लिने तयारीमा गण्डकीका मुख्यमन्त्री

सर्वोच्चकाे सुनुवाइ हुनुअघि नै विश्वासको मत लिने तयारीमा गण्डकीका मुख्यमन्त्री

केन्द्रबिन्दु
112
Shares

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने तयारी गरेका छन् । आफूविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ हुनुअघि नै उनले विश्वासको मत लिने तयारी गरेका हुन् ।

मुख्यमन्त्री अधिकारीविरूद्ध निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दायर गरेको मुद्दामा सर्वोच्चले अन्तरिम आदेश दिँदा सरकार शून्यताको अवस्था सृजना हुने भन्दै पूर्ण सुनुवाइका लागि वैशाख १० गतेलाई पेशी तोकेको छ । तर, मुख्यमन्त्री अधिकारीले त्यसअघि नै विश्वासको मत लिने तयारी गरेका हुन् ।

Logo